सुरुङबाट उद्धार गरिएका पीडितहरूको स्वास्थ्य अवस्था कस्तो छ ?

डिसी नेपाल
१९ भदौ २०८३ १०:४०

काठमाडौँ। रसुवा बाढीको १० दिनपछि त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका मेकानिकल फोरमेन सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

उद्धारलगत्तै नेपाली सेनाको स्वास्थ्य टोलीले गरेको प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनको अवस्था सामान्य पाइएको नेपाली सेनाले जनाएको छ।

सुरुङभित्र १० दिनसम्म फसेका साहको स्वास्थ्य परीक्षण गर्दा स्थिति सामान्य रहेको र उनलाई आवश्यक निगरानीमा राखिएको छ।

साहका साथै उद्धार गरिएका मेकानिकल इन्जिनियर/सुपरभाइजर कविर महर्जनको अवस्थालाई ध्यानमा राख्दै थप एवम् गहन उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल ल्याइँदै छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले निरन्तरको जोखिमपूर्ण प्रयासपछि १० दिनपछि दुवै जनालाई सुरुङभित्रबाट जीवितै उद्धार गर्न सफल भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *