रसुवा बाढी: सुरुङमा फसेकाहरूको उद्धार तीव्र, १४० शव फेला र २५ सय बढी बेपत्ता

डिसी नेपाल
१९ भदौ २०८३ ११:५६

रसुवा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै चीन, भारत र कोरियाका विज्ञ टोलीहरू उद्धारका लागि संयुक्त रूपमा परिचालन भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १४० जनाको शव सङ्कलन गरिएको छ भने तीमध्ये १३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको छ।

बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हराइरहेकामा नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाली नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ जना र २४३ जना विदेशी पर्यटक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार टोलीले सम्भावित स्थानहरूमा खोजी कार्य निरन्तर जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *