नुवाकोटको तादी खोलामा एक्रो पुल जडान गरिँदै

डिसी नेपाल
२० भदौ २०८३ १५:१४

नुवाकोट। बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो पुल जडान गर्न थालेको छ।

बाढीका कारण तादी खोलामाथिको सडक सम्पर्क विच्छेद भएपछि यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले अस्थायी पुल जडानको काम अघि बढाएको हो।

पुल जडान भएपछि सडक सम्पर्क पुनःस्थापित हुने र स्थानीय बासिन्दाका साथै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *