चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

डिसी नेपाल
२० भदौ २०८३ १५:२८

रसुवा। चिलिमे जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम तथा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ।

म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलमा पुर्‍याउनुपर्ने भएको छ। त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ। सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पका लागि पनि करिब १०० मिटर क्षेत्रमा रहेको माटो हटाउने काम भइरहेको छ।

ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयाससमेत जारी रहेको छ।

उद्धार कार्य चुनौतीपूर्ण भए पनि रोकिएको नरोकिएको र पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको उर्जा मन्त्रालयले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *