आज देशभर ‘निजामती सेवा दिवस’ मनाइँदै

डिसी नेपाल
२२ भदौ २०८३ ७:०२

काठमाडौं। देशभर आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाइँदै छ। विसं २०१२ भदौ २२ गते निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष यसै दिन यो दिवस मनाउने गरिन्छ।

निजामती सेवाको मूल्य-मान्यता, नैतिकता, आदर्श, सदाचारिता, चरित्र र निष्ठाजस्ता मौलिक गुणहरूको स्मरण एवं पालना गर्दै नागरिक सेवाप्रति प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा यस दिवसलाई लिइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *