भोटेकोशी बाढीका मृतकको सद्गतिका लागि पशुपतिनाथमा सामूहिक धार्मिक अनुष्ठान (तस्बिर)

डिसी नेपाल
२२ भदौ २०८३ १०:५०

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा सामूहिक धार्मिक अनुष्ठान गरिएको छ।

नेपाल न्यूज बैंकका अनुसार सोमबार बिहान पशुपतिस्थित बागमती नदीको तटमा दिवंगत आत्माहरूको चीर शान्ति र सद्गतिका लागि धार्मिक विधिअनुसार अनुष्ठान सम्पन्न गरिएको हो।

विपद्‌बाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ अनुष्ठान आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजपका साथै हरिनाम सङ्कीर्तनसमेत गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *