चीनको चिलुङ बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय पत्रकार: उद्धार प्रयास र पुनर्निर्माणको प्रशंसा
काठमाडाैं। नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी फुटेपछि आएको भीषण बाढी र पहिरोबाट प्रभावित दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित चिलुङ बन्दरगाहको अन्तर्राष्ट्रिय पत्रकारहरूले स्थलगत अवलोकन भ्रमण गरेका छन्।
अगस्ट २६ मा आएको विपद्का कारण ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्।
अमेरिका, बेलायत, रुस, भारत, पाकिस्तान, सिंगापुर र ब्राजिललगायत विभिन्न देशका पत्रकारहरूले अति प्रभावित क्षेत्रमै पुगेर जारी उद्धार कार्य, पुनःस्थापना र पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका थिए।
भ्रमणका क्रममा भेनेजुएलाका पत्रकार ब्रुनो फाल्चीले ११ दिनभित्रै सडक सञ्जाल पुनः सञ्चालनमा ल्याई राहत र उद्धारलाई तीव्र बनाएको भन्दै चिनियाँ टोलीको तत्परताको प्रशंसा गरे।
त्यस्तै, विपद्को विनाशकारी रूप देखेर स्तब्ध बनेका पत्रकारहरूले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई सम्पूर्ण विश्वको साझा समस्या भएको बताएका छन्।
एसोसिएटेड प्रेस अफ पाकिस्तानका संवाददाता मुहम्मद असगरले यस्ता प्राकृतिक विपत्ति न्यूनीकरण गर्न र जलवायु परिवर्तनको चुनौती सामना गर्न सम्पूर्ण विश्व एकजुट भएर सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment