सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग र आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार सरकारले उच्च क्षमताका ड्रोन, लिडार, बेली पुल, उच्च क्षमताको पम्प, सुरुङ तथा लेदो उद्धारका लागि आवश्यक पोसाक, डिएनए परीक्षण सामग्रीलगायत उपकरण र प्राविधिक सहयोग मागेको हो।
बाढीको १३औं दिन पनि रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा खटिएका छन् भने संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीसमेत खोज तथा उद्धारमा सहभागी भएका छन्।
अपर त्रिशूली १, अपर त्रिशुली तीन ‘ए’, अपर त्रिशूली तीन ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन भइरहेको सरकारले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment