एक वर्ष बितिसक्दा पनि उठ्न सकेन क्षतिग्रस्त संसद् भवन (तस्बिरहरू)
काठमाडौं। गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन। घटना घटेको सिंगाे एक वर्ष बितिसक्दा पनि देशको प्रमुख व्यवस्थापिका थलोको भौतिक अवस्था उस्तै अस्तव्यस्त र जर्जर छ।
आन्दोलनका क्रममा भवनका मुख्य प्रशासनिक तथा सभा हल क्षेत्रमा व्यापक क्षति पुगेको थियो। तर, एक वर्षको अवधिमा भग्नावशेष पन्छाउने र मर्मत-पुनःनिर्माणको कामले तीव्रता नपाउँदा संसद् भवन अहिले पनि डढेको र भत्किएको अवस्थामै छ।
सरकार तथा सम्बन्धित निकायले समयमै पुनःनिर्माणको काम अघि नढाउँदा राज्यको महत्त्वपूर्ण संरचना अलपत्र बनेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
तस्बिर : सक्षम घिमिरे/ नेपाल न्युज बैंक





















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment