‘जेनजी शहीद स्मृति दिवस’का अवसरमा बानेश्वरमा विशेष कार्यक्रम (तस्बिर)
काठमाडौं। ऐतिहासिक ‘जेन्जी आन्दोलन २०८२’ को एक वर्ष पूरा भएको अवसरमा आज नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा ‘जेन्जी शहीद स्मृति दिवस’ कार्यक्रम आयोजना गरिएको छ।
जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै घाइतेहरूको योगदानको स्मरण गरियो।
कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री, कृषि मन्त्री, भौतिक पूर्वाधार मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका साथै प्रतिनिधिसभाका माननीय सदस्यहरू, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
तस्बिर : सक्षम घिमिरे/ नेपाल न्युज बैंक
















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment