प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी करिब १२ अर्ब रुपैयाँ सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको छ।
सङ्कलित रकममध्ये हाल नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको रकमबाट यसअघि नै रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको कार्यालयले जनाएको छ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ रुपैयाँ जम्मा भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment