इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरू रात्रिकालीन बत्तीले झिलिमिली हुने
तस्बिर : एआइ
काठमाडौं। यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा रात्रिकालीन बत्ती बालेर झिलिमिली बनाइने भएको छ।
काठमाडौं महानगरपालिकाअन्तर्गतको ‘हनुमानढोका दरबार संरक्षण कार्यक्रम’का अनुसार यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गर्ने काम सम्पन्न भइसकेको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिए। यसअघि नमुना परीक्षणका रूपमा जैसीदेवलमा विगत पाँच महिनादेखि नै रात्रिकालीन बत्ती बाल्न सुरु गरिसकिएको थियो।
बत्तीका तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड) बनाउने योजना रहे तापनि पुरातत्व विभागले त्यसको स्वीकृति नदिएकाले वैकल्पिक व्यवस्थापन गरिएको बताइएको छ।
आगामी असोज ९ गते पर्न गहेको इन्द्रजात्रालाई लक्षित गरी वसन्तपुर दरबार क्षेत्रमा यतिबेला रङ्गरोगन र साजसजावटको काम धमाधम भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment