सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्री कोषमा ६६ लाखभन्दा बढी सहयोग
काठमाडौं । बाढी तथा पहिरोपीडितको उद्धार र राहतका लागि मुस्लिम समुदायले उदाहरणीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ। ‘मस्जिदबाट राहत सहयोग अभियान’ अन्तर्गत सुनसरी मुस्लिम समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ६२ लाख ४५ हजार ४९ दाखिला गरेको छ।
यसैगरी, वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरू आबद्ध ‘सुनसरी मुस्लिम समाज कतार’ले पनि सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चार लाख सहयोग रकम हस्तान्तरण गरेको छ।
देशभरका मस्जिदहरूमार्फत बाढीपीडितका लागि सङ्कलन भइरहेको यो सहयोग अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन मुस्लिम आयोगले ‘हेल्प डेस्क समिति’ समेत गठन गरी सहजीकरण गरिरहेको छ।
विगतका भूकम्प, कोरोना महामारी, कडा चिसो तथा बाढी-पहिरोजस्ता विपत्तिको घडीमा पनि सामुदायिक ऐक्यबद्धता जनाउँदै आएको मुस्लिम समुदायले यसपटक पनि राष्ट्रिय संकटमा हातेमालो गरेको छ। कठिन परिस्थितिमा देखाएको यो साहस, सहकार्य र सामाजिक उत्तरदायित्वले राष्ट्रिय एकता र भ्रातृत्वको बलियो सन्देश दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment