धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
धनुषा। धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।
यसअघि सोहि नगरपालिकाको वडा नं ४, ५, ६ र १० मा ३२२६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment