राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार

डिसी नेपाल
२७ भदौ २०८३ १९:०६

काठमाडौं। राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन्। शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो।

आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो। सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए।

यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो। एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका थिए। उनले भरखरै मात्र तारेख थामेर आएको र मंसिर २२ गतेको लागि अदालत उपस्थित हुने तारेख लिएर आएको परिवारका एक सदस्यले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *