चट्याङ लागेर एक जनाको मृत्यु
उदयपुर। उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८मा शनिवार दिउँसाे चट्याङमा परेर एक जना युवाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शनिवार दिउँसो अढाई बजेको समयमा कटारी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३५ को रुद्र बहादुर तामाङको चट्याङ लागेर ज्यान गएको हो।
जिल्ला प्हरी कार्यालय उदयपुरका अनुसार तामाङ आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा अविरल वर्षासँगै आएको चट्याङको झट्का लागि गम्भीर घाइते भएका थिए।
चट्याङ लागेर घाइते भएकाे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेतिनि उदयपुरबाट प्रहरी टोली खटि गई उपचारको लागि प्रादेशिक अस्पताल कटारी, उदयपुर ल्याएकोमा सोही अस्पतालका चिकित्सकले मृत्यु भइसकेको भनी साँझ ८:३५ बजे घोषणा गरेका छन्। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment