चाड पर्वले सामाजिक एकतालाई अझ बलियो बनाउँछः मुख्यमन्त्री थापा

डिसी नेपाल
२७ भदौ २०८३ २२:५६

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउने बताएका छन्।

मध्यपुरथिमि नगरपालिका–७ नगदेश पुखुसीस्थित नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः मध्यपुरथिमिले आयोजना गरेको गुँला पर्वको समापन कार्यक्रममा मुख्यमन्त्री थापाले धार्मिक र सामाजिक एकताको बलियो आधार गुँला पर्व रहेको बताए। उनले नेवाः समुदायको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण एवं पुस्तान्तरणमा यस्ता सांस्कृतिक पर्वको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै यस्ता धार्मिक पर्वले पर्यटनको विकासमा टेवा पुर्याउने बताए।

प्रदेश सरकारले धार्मिक पर्यटनको विकासका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले धार्मिक, ऐतिहासिक एवं मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा प्रदेश सरकारले अग्रस्थानमा रहेर कार्य गर्ने बताए। उनले कार्यक्रममा एक महिने गुँला पर्व सफल पार्न भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरे।

कार्यक्रममा सङ्घीय सांसद मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेश सदस्य सकुन्तला श्रेष्ठ, मध्यपुरपथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपपमुख विजय श्रेष्ठलायतले गुँला पर्वले नेवाः हरुको कला, संस्कृति र परम्परालाई जिवन्त राख्दै संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *