ऋषिपञ्चमीका दिन आँधीखोलामा नुहाउन गएकी महिलाको बाढीले बगाएर मृत्यु
स्याङ्जा। ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा नुहाउने क्रममा बाढीले बगाउँदा स्याङ्जाकी एक महिलाको ज्यान गएको छ।
वालिङ नगरपालिका-९ भूम्रे निवासी ५३ वर्षीया माया पाण्डेलाई मङ्गलवार बिहान खोलाले बगाएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए। भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा उहाँलाई अचानक बाढीले बगाएको थियो।
घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङको टोली, स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू खोजी कार्यमा खटिएका थिए।
खोजीका क्रममा घटनास्थलबाट झन्डै चार किलोमिटर तल वालिङ-१३ शान्तिघाटस्थित आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment