यामाहाको दशैं अफर: ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ मार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका
काठमाडाैं। यामाहा नेपालले दशैं पर्वलाई लक्षित गर्दै “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक आकर्षक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।
नयाँ पुस्ताको प्रविधि, स्पोर्टी डिजाइन र उत्कृष्ट प्रदर्शनयुक्त मोटरसाइकल तथा स्कुटरमा ग्राहकलाई अपग्रेड गराउने उद्देश्यले कम्पनीले यो चाडपर्व लक्षित योजना ल्याएको हो।
यस अभियान अन्तर्गत ग्राहकले केवल क्यूआर कोड स्क्यान गरी दर्ता गरेर १ लाख रुपैयाँसम्म र सवारीसाधन खरिद पछि भेरिफिकेसन प्रक्रिया पूरा गरेर १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्।
साथै, अभियान अवधिभर दर्ता गर्ने ग्राहकहरूका लागि हरेक हप्ता आधुनिक ग्याजेटहरू जित्ने अवसर राखिएको छ भने क्याम्पेनको ग्रान्ड प्राइज स्वरूप एकजना भाग्यशाली विजेताले ब्राण्ड न्यू यामाहा R15 मोटरसाइकल घर लैजान पाउनेछन्।
चाडपर्वको समयमा सवारी खरिदलाई थप सहज बनाउन यामाहाले ‘स्पट एक्सचेन्ज’ सुविधा उपलब्ध गराएको छ, जसबाट ग्राहकले आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन तत्काल साट्न सक्नेछन्।
यसका साथै एमएडब्लु हायर पर्चेजमार्फत सरल किस्ताबन्दी र केवल नागरिकताको कागजात बुझाएर सवारीसाधन खरिद गर्न सकिने “लैजाऊ घर, नागरिकताको भरमा” योजना पनि सञ्चालनमा ल्याइएको छ। यो अफर यामाहाका स्पोर्ट्स, कम्युटर र स्कुटरका सम्पूर्ण मोडलहरूमा लागू हुनेछ।
व्यावसायिक लाभका साथै यामाहाले यस अभियानमा सामाजिक उत्तरदायित्वलाई पनि समेटेको छ।
यस क्याम्पेनबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा योगदान गरिने कम्पनीले जनाएको छ। हाल रजिस्ट्रेसन खुला भइसकेको यस योजनामा कम्पनीका आधिकारिक नियम तथा सर्तहरू लागू हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment