नेप्सेमा ४८.५७ अंकको ठूलो उछाल : सवा ८ अर्बको कारोबार, सबै उपसूचक हरियाली
काठमाडौँ। नेप्सेमा आज वृद्धि भएको छ। आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९ करोड १७ हजार ११५ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १४.९६ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर ११.०३ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको डिभेन्चर ८६ को शेयर ५.५५ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३१ करोड ५६ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment