कांग्रेस केन्द्रीय सभापति बन्न ४० हजार शुल्क, १० प्रस्तावक र १० समर्थक अनिवार्य, अन्य पदमा कति ?

डिसी नेपाल
३० भदौ २०८३ १६:१४

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ निर्देशिकामा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्मका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि लाग्ने शुल्क तथा प्रस्तावक र समर्थकको व्यवस्था स्पष्ट पारिएको छ।

नयाँ व्यवस्था अनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्नका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। सभापतिका आकांक्षीले मनोनयन दर्ता गराउँदा अनिवार्य रूपमा १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने प्रावधान समेटिएको छ।

यसैगरी, केन्द्रीय उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दिनका लागि ३० हजार रुपैयाँ शुल्क कायम गरिएको छ भने सहमहामन्त्री पदका लागि २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले ११ हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ। निर्देशिकामा केन्द्रीय तहबाहेक प्रदेश र स्थानीय तहका विभिन्न पदमा हुने उम्मेदवारी दर्ता शुल्कको विवरण समेत उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *