सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, मंगलबार ३ लाख १०० रुपैयाँमा कारोबार

डिसी नेपाल
३० भदौ २०८३ ११:०३

काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार र मंगलबार लगातार ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार (भदौ ३०) छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।

यससँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १ हजार २०० रुपैयाँ बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।

यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार तोलामा ६० रुपैयाँ बढेर ४ हजार ६६० रुपैयाँ पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *