सेयर बजारमा हरियाली : २५८५ विन्दु पार गर्दा साढे ४ अर्ब माथिको कारोबार
काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर रोकिएको छ।
आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो। आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी इन्फिनिटी लघुवित्तको शेयर ६.४३ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युतको शेयर ६.३८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ८.२३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकोको २४ करोड ९० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जी २३ करोड ८४ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment