सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलामा १,१०० र चाँदी ४० रुपैयाँले घट्यो

डिसी नेपाल
२९ भदौ २०८३ ११:४५

काठमाडौं। नेपाली बजारमा आइतबार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले ओरालो लागेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तोलामा १ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *