अरुण भ्याली हाइड्रोपावरद्वारा ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव, असोज २७ गते साधारणसभा
काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ।
त्यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ। यसअनुसार कम्पनीले सेयरधनीहरूलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश कम्पनीको आगामी २९औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्। कम्पनीले साधारणसभा असोज २७ गतेका लागि बोलाएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरिएकाले असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment