सेयर बजारमा राहत : पुँजीगत लाभकर अधिकतम ५ प्रतिशतमा झारियो, बैंकहरूले ४५ दिनमै शेयर बेच्न पाउने

डिसी नेपाल
२९ भदौ २०८३ २२:१५

काठमाडौं । सरकारले धितोपत्र कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरमा भारी कटौती गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मार्फत शेयर कारोबारको लाभकर अधिकतम ५ प्रतिशतमा सीमित गरिएको हो।

नयाँ कार्ययोजना अनुसार धितोपत्र बोर्डमा सूचीकृत शेयर ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेर बिक्री गर्दा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि (अल्पकालीन) स्वामित्व राखेर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यसअघि १ वर्षभन्दा कम होल्ड गर्नेलाई १० प्रतिशत र १ वर्षभन्दा बढी होल्ड गर्नेलाई ७.५ प्रतिशत कर लाग्दै आएको थियो।

यसैगरी, सरकारले शेयर कारोबारमा भएको नोक्सानी (घाटा) लाई नाफासँग समायोजन गर्न पाउने व्यवस्थासमेत लागू गर्ने भएको छ। आयकर ऐन अनुसार लगानीकर्ताले कुनै आय वर्षमा शेयर बिक्री गर्दा भएको घाटा सोही आय वर्षको नाफासँग समायोजन गरी खुद लाभमा मात्र अन्तिम करका रूपमा लाभकर कट्टा गरिनेछ।

बजारको तरलता बढाउन बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो बजारमा शेयर खरिद गरेपछि होल्ड गर्नुपर्ने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरिएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले कारोबार न्यूनीकरण हुने गरी लगानी नीति परिमार्जन गर्न बैंकहरूलाई निर्देशन दिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *