एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै
काठमाडौँ। नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनाल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनाल्सले नेपालमा गेमिङ तथा ई-स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्सट्रिम इनर्जी ड्रिंक एक्स्पेरियन्स जोन समेत सञ्चालन हुनेछ। दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन्।
प्रतियोगिता अवधिभर सञ्चालन हुने एक्सट्रिम फन एन्ड एक्स्पेरियन्स जोन, वाच पार्टी जोन, एक्सट्रिम गेमिङ च्यालेन्ज, एक्सट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागीका लागि रोमाञ्चक हुनेछ।
एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनाल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ। चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई-स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment