एसियन गेम्सका लागि नेपाली टोली घोषणा, कुशल भुर्तेल फर्किए
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । २ हप्तापछि जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि नेपालको १५ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो।
घोषित टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीका साथै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।
एसियन गेम्सको क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानको सामना गर्नेछ। प्रतियोगिताका लागि टिम लिडरको जिम्मेवारी विनोद दासले पाएका छन् भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर, मुख्य प्रशिक्षकमा स्टुअर्ट ल, प्रशिक्षकमा अब्दुर सतार र टेक्निकल पर्सोनेलका रूपमा रमन शिवाकोटी टोलीमा समावेश छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment