एलेना रिबाकिनाले पहिलो पटक युएस ओपनको उपाधि जितिन्
काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलो पटक युएस ओपन महिला एकलको उपाधि आफ्नो नाम गरेकी छन्।
न्युयोर्कमा खेलिएको रोमान्चक फाइनल भिडन्तमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६-४, ५-७, ६-२ ले पराजित गर्दै ट्रफीमाथि कब्जा जमाएकी हुन्।
यस जितसँगै रिबाकिनाको नाममा अब तीन वटा महिला एकल ग्रान्ड स्ल्याम उपाधि दर्ता भएका छन्। उनी सोमबार आधिकारिक रूपमा विश्वको नम्बर-१ महिला टेनिस खेलाडी बन्नेछन्।
रिबाकिनाले यसअघि सन् २०२२ मा विम्बल्डन र २०२६ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलमा पनि उनले सबालेन्कालाई नै हराएकी थिइन्।
युएस ओपनको उपाधि जितेपछि रिबाकिनाका लागि अब करियर ग्रान्ड स्ल्याम पूरा गर्न केवल फ्रेन्च ओपनको ट्रफी जित्न बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment