काठमाडौं उपत्यकामा २४ घण्टामा १२ सय बढी सवारी चालक कारबाहीमा: मापसे गर्ने ८७ जना
काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जाँचका क्रममा १ हजार २३८ जना सवारी चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८७ जना चालक पक्राउ परेका हुन्। यस्तै, सिसिटिभी मार्फत ७१ जना र रातोबत्तीको उल्लंघन गर्ने १०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारबाही पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने १५२, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ४६, लेन अनुशासन पालना नगर्ने ७४, सवारीको मेकानिकल अवस्था ठिक नभएका ४० र एकतर्फी (वान-वे) सडक उल्लंघन गर्ने ११ जना रहेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ६५१ जना चालकलाई पनि कारबाही गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment