सानेपा पुगेर चन्द्र भण्डारीले भने- आफ्नै घरमा फर्किएको हुँ, देउवा पनि आउनुहुन्छ

डिसी नेपाल
१ असोज २०८३ १५:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आफू कुनै अर्कै ठाउँमा नभई आफ्नै घरमा फर्किएको बताएका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सानेपा पुगेका नेता भण्डारीले पार्टीभित्र कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको बताए। ‘जन्मँदा यही घर थियो, चिह्न र झन्डा पनि यही थियो,’ भण्डारीले भने, ‘पार्टीभित्र को कहिले आउँछ, जान्छ। कहिलेकाहीँ मनमुटाव वा लोभ होला, तर यो पुरानो ठाउँ होइन, म आफ्नै घरभित्र आएको हुँ।’

पूर्वसभापति शेरबहादुर देउवा पनि सानेपा आउने दाबी गर्दै उनले भने, ‘उहाँ आउनुहुन्छ नि, कहाँ जानुहुन्छ? यो उमेरमा उहाँलाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ? उहाँ पक्कै आउनुहुन्छ।’

सानेपामा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई पत्र पठाएर निमन्त्रणा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *