सेयर बजारमा उत्साह : नेप्से २२.८५ अङ्कले बढ्यो, कारोबार रकम पौने ७ अर्ब नजिक

डिसी नेपाल
२ असोज २०८३ १५:४८

काठमाडौं । नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४५ कम्पनिका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार ६०७ मा कारोबार भएको थियो। आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १३.६६ प्रतिशतले बढेको छ भने इन्फिनिटी लघुवित्तको शेयर ९.८१ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको ३२ करोड १३ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *