प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा

डिसी नेपाल
२ असोज २०८३ १०:१२

काठमाडौं। सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो।

यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यसले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्ने कम्पनीको भनाइ छ। उत्पादनलाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरिएको छ।

नयाँ बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र एवं ‘नाइट लाइफ’ डेस्टिनेसन ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए।

यो बियर ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ। यसको मूल्य क्रमशः ४५० रुपैयाँ र २३० रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार ‘ठमेल’ हाल काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित आउटलेटमा उपलब्ध छ। आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *