कांग्रेस देउवा पक्षको गोरखा संयोजकमा भूगोल थापा

डिसी नेपाल
४ असोज २०८३ १६:५५

गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले गोरखा जिल्ला संयोजकको जिम्मेवारी नेता भूगोल थापालाई सुम्पेको छ।

पूर्वमहामन्त्री शशांक कोइरालाले गोरखामा अधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्ने गरी थापालाई जिल्ला संयोजक तोकेका हुन्।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ। सोही बमोजिम वडादेखि जिल्ला तहसम्मका सांगठनिक तथा चुनावी गतिविधि सञ्चालन र व्यवस्थापनको जिम्मेवारी थापाले सम्हाल्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *