संसद् र सरकार सशक्त बनाउने रास्वपाको निर्णय : ‘राइट टु रिकल’का लागि कार्यदल गठन हुने

डिसी नेपाल
४ असोज २०८३ १६:४२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।

आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।

उनका अनुसार बैठकले बाढीपछि स्थगित रहेको रास्वपाको जनसंगठनको काम सुरू गर्ने निर्णय भएको बताए। त्यस्तै विगत केही महिनामा मधेसमा भएका विभिन्न घटना क्रमबारे अडिट रिपोर्ट तयार भएको र त्यस अडिट रिपोर्टकै आधारमा मधेस रास्वपाले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरको छ।

त्यस्तै रास्वपाले विगतदेखि नै राइट टु रिकलको एजेण्डा उठाउँदै आएको र अब कार्यान्वयनको दिशातर्फ लैजान आवश्यक रहेको बैठकमा छलफल भएको छ। सोही अनुसार कार्यदल बनाएर राइट टु रिकलका सम्बन्धमा आवश्यक व्यवस्था गरिने उनले बताए।

त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतका भ्रमणका सम्बन्धमा बैठकमा ब्रिफिङ गरेका थिए। उनले भारत भ्रमण फलदायी भएको र बाढीपछि भारत सरकारले गरेको सहयोगप्रति सरकारको तर्फबाट आभार प्रकट गरेको जानकारी गराएका थिए।

त्यस्तै अर्थमन्त्री डा. वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिदै सो भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झन्डा नरहेको बताए।

उनले भने, ‘हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन । त्यहाँ पनि जुन फोटो आइरहेको छ, त्यो उहाँको कार्यकक्षमा भएको भेट हो। दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ।’

त्यसैगरी बैठकबाट करिब पाँच हजारजना बेपत्ताका परिवारले मृत्युको प्रमाणपत्र पाउनका निम्ति कानुनमा सुधार गर्न सुझाव पनि दिइएको छ भने परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाण पत्र दिने गरी कानुन सुधार गर्नुपर्ने सुझाव बैठकबाट दिइएको रास्वपा प्रवक्ता खरेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *