इरान र अमेरिकाबीच ३ घण्टा चलेको वार्तामा के भयो ?

डिसी नेपाल
७ असोज २०८३ १३:१९

काठमाडौं । इरानले न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्र महासभाका क्रममा आफ्ना प्रतिनिधिहरू र अमेरिकी प्रतिनिधिहरूबीच बैठक भएको पुष्टि गरेको छ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले अमेरिकी पक्षसँगको सम्पर्क कतारका मध्यस्थकर्तामार्फत भएको बताए।

इस्माइल बकाइले भने, ‘गएको साता इरानले होर्मुज स्ट्रेट, क्षेत्रीय सुरक्षा र कूटनीतिलाई लिएर आफ्नो धारणा स्पष्ट पारिसकेको थियो। त्यसपछि न्युयोर्कमा इरानी प्रतिनिधिमण्डलले अमेरिकी पक्षसमक्ष आफ्ना मागहरू स्पष्ट रूपमा राखेको छ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा अमेरिकी अधिकारीहरू र इरानी प्रतिनिधिमण्डलबीच करिब तीन घण्टासम्म ‘अत्यन्तै राम्रो’ बैठक भएको बताएका थिए।

यद्यपि, उनले यो कुराकानी मध्यस्थकर्ताहरूमार्फत मात्र भएको स्पष्ट पारेका थिए।

यस बैठकअघि डोनाल्ड ट्रम्पले इरानलाई नष्ट गर्ने धम्की पनि दिएका थिए। उनले संयुक्त राष्ट्र महासभामा अमेरिकाका सामु दुईवटा विकल्प रहेको- इरानसँग सम्झौता गर्ने वा उसलाई समाप्त पारिदिने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *