संसदमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न रास्वपाले तोक्यो समूहगत तालिका
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको नियमित, अनुशासित र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत रूपमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार समूहका आधारमा आज असोज ८ गतेदेखि असोज १६ गतेसम्म तोकिएका विभिन्न समूहका सांसदहरू अनिवार्य रूपमा संसद् बैठकमा उपस्थित हुनुपर्नेछ।
निश्चित समूह निर्धारण नगरिएका सांसदहरूका लागि पनि संसद् बैठकमा उपस्थिति उत्तिकै आवश्यक रहने जनाइएको छ। विशेष वा आपत्कालीन अवस्थामा बाहेक संसद्मा उपस्थित हुनु सबै सांसदहरूका लागि सधैँ बाध्यकारी हुनेछ।
रास्वपाले संसदमा आफ्ना प्रतिनिधिहरूको उपस्थिति फितलो नहोस् र संसदीय गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गर्न सकियोस् भन्ने उद्देश्यले यो आन्तरिक व्यवस्थापन लागू गरेको हो।
संसदीय समिति तथा शून्य र विशेष समयमा जनजीविकाका मुद्दाहरू सशक्त रूपमा उठाउनका लागि पनि सांसदहरूलाई पालो बाँडेर जिम्मेवारी दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment