एआइ एजेन्टले अस्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरिदियो
काठमाडौं । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बालिजले ओपन एआईको एक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टले अस्ट्रेलियाली सरकारको एक वेबसाइटमा ‘घुसपैठ’ गरेको बताएका छन्।
एजेन्टले अस्ट्रेलियाको सर्वव्यापी स्वास्थ्य सेवा योजना मेडिकेयरसँग सम्बन्धित ‘गैर-संवेदनशील’ डेटा रहेको एक तथ्याङ्क (स्ट्याटिस्टिक्स) पोर्टल ह्याक गरेको हो।
अल्बालिजका अनुसार यो घुसपैठ जुन महिनामा भएको थियो, तर ओपन एआईलाई यसको जानकारी अगस्टमा मात्र भयो र उसले सेप्टेम्बर १० सम्म यसबारे सरकारलाई सूचना दिएको थिएन।
ओपन एआईले भने कुनै पनि बिरामीको व्यक्तिगत विवरण वा रेकर्डसम्म पहुँच पुगेको नमानिएको जनाएको छ।
अल्बालिजले यस घटनालाई लिएर ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सैम अल्टम्यानसँग ‘अत्यन्त स्पष्ट कुराकानी’ भएको बताएका छन्।
अस्ट्रेलियाको साइबर सुरक्षा निकायले यस घुसपैठको अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री अल्बालिजले यस घटनालाई ‘अस्वीकार्य’ भनेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment