थापाथली पुलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीको पुलमा गएराति मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
शङ्खमूलबाट थापाथलीतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२ ०६२ प ९६३१ नम्बरको स्कुटरसँग जुध्न पुगेको थियो।
दुर्घटनालगत्तै गम्भीर अवस्थामा अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएका तत्माको उपचारकै क्रममा निधन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार रौतहट कटहरिया–२ का २५ वर्षीय दिपेन्द्र दास, स्कुटर चालक चितवनका २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरको पछाडि सवार सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन्।
घाइतेमध्ये दिपेन्द्र दासको अन्नपूर्ण न्युरो अस्पतालमा र अन्य दुई जनाको सिनामङ्गलस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरू उपचाररत छन्।
तीव्र गति वा प्राविधिक ग्यास्ट्रिकका कारण मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment