विशेष महाधिवेशनबाट गगन थापा स्वघोषित सभापति बने : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विशेष महाधिवेशन विधान विपरीत भएको दाबी गर्दै त्यसबाट गगन थापा स्वघोषित सभापति बनेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले संस्थापन पक्षले आह्वान गर्ने नियमित महाधिवेशन नै आधिकारिक भएको दाबी गरे। विशेष महाधिवेशनलाई ‘तथाकथित’ को संज्ञा दिँदै उनले त्यसले काङ्ग्रेसलाई कमजोर पार्ने काम मात्र गरेको बताए।
‘आफैँ केन्द्रीय कार्यसमितिमा बसेर नियमित महाधिवेशनको कार्यतालिका प्रकाशित गरिसकेपछि कसको माग र स्वार्थमा विशेष महाधिवेशन गरियो?,’ सिंहले प्रश्न गरे, ‘त्यो विशेष महाधिवेशन गरेकै दिनदेखि जबर्जस्ती रूपमा काङ्ग्रेसलाई कमजोर पार्ने प्रयास भइरहेको छ।’
नेता सिंहले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले नै न्याय पाउने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतले आधिकारिकताको मुद्दामा निस्सा दिइसकेकाले आधिकारिकता आफूहरूकै पक्षमा आउने बलियो आधार बनेको उनको दाबी थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment