पाइलटले नै विमान अपहरण गर्न खोज्नुको पछाडि के कारण थियो ?
flydubai signs MoU for 75 Boeing 737 MAX Airplanes
काठमाडौं । फ्लाइदुबईको विमान अपहरण गर्न खोज्ने ओमानी सह-पाइलटको पहिचान अधिकारीहरूले अझैसम्म सार्वजनिक गरेका छैनन् । उनैले कथित रूपमा भारतीय पाइलट क्याप्टेन स्मित मच्छरमाथि आक्रमण गरेका थिए। न त उनको उद्देश्यको पुष्टि भएको छ, न त त्यो हतियारको नै, जसको प्रयोग उनले हिंसात्मक झडपमा गरेका थिए।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार शङ्कास्पद व्यक्ति ओमानका नागरिक हुन्। जसलाई साउदी अरबमा सोधपुछ गरियो। अहिले उनलाई युएई पठाइएको छ। इजरायल र युएईले यस घटनाको अनुसन्धान संयुक्त रूपमा गर्न सक्छन्।
ओमान र इजरायलबिच कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन, र ओमानका पाइलटले इजरायलका लागि उडान भर्ने स्वीकृति कसरी पाएका थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।
तेल अभिभतर्फ जाँदै गरेको एक विमानमा बिहीबार हावामै एउटा भयानक दुर्घटना टरेको छ। यात्रु र क्रू सदस्यहरूले बहादुरी देखाउँदै ककपिटमा पसेर विमानमाथि पुनः नियन्त्रण कायम गरे।
फ्लाईदुबईको उडान एफजेड १०७३ स्थानीय समय अनुसार बिहान ६:०५ बजे दुबईबाट प्रस्थान गर्यो र तेल अभिभनजिक आफ्नो गन्तव्यतर्फ पश्चिम दिशातर्फ उड्न थाल्यो। उडान भरेको करिब दुई घण्टापछि, विमान तीव्र गतिमा तलतिर आउन थाल्यो र उत्तरतर्फ मोडियो, जुन कुरा उडान ट्र्याकिङ डेटाबाट थाहा भएको छ। यो दुई मिनेटभन्दा पनि कम समयमा १७,४०० फिट तल खस्यो।
उडानले बिहान ८:३१ बजे डिस्ट्रेस कल गर्यो, र त्यसको केही मिनेटमै कोड ७५०० पठाइयो, जुन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको विमान अपहरण (हाईज्याकिङ) को सङ्केत दिने कोड हो।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल जाँदै गरेको विमान क्र्यास गराउने प्रयास गर्ने फ्लाईदुबईका सह-पाइलटको सम्बन्ध इरानसँग हुन सक्ने बताएका छन्।
ट्रम्पले आफूले सुनिरहेका कुराका आधारमा उत्तर सकारात्मक रहेको तर यसमाथि अहिले काम भइरहेको बताए। अमेरिकी कारबाहीको प्रश्नमा उनले इरानमाथि कडा प्रहार गरिने उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment