लागुऔषधसहित तीन जना पक्राउ

डिसी नेपाल
१९ असोज २०८३ २३:०१

काठमाडौं। रूपन्देहीको बुटवल उपमहानगरपालिका-४ हाटबजारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९० मिलिग्रामसहित बुटवल-११ देवीनगर डेरा गरी बस्ने गुल्मी घर भएका ३८ वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ भवनीयापुरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल २८० ट्याब्लेटसहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय शङ्कर शाहीलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ रिङरोड वीरेन्द्र टोलबाट चरेस जस्तो देखिने पदार्थ ६४ ग्रामसहित सोही ठाउँ बस्ने ४९ वर्षीय गौरीसिंह महरालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *