मनकामना केबलकार मङ्गलबार बन्द रहने

डिसी नेपाल
१९ असोज २०८३ २०:३२

नारायणगढ (चितवन)। चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ।

चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनले टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको बताए।

शेरचनले भने, “टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो।” उनका अनुसार बुधबारदेखि केबलकार सेवा नियमित सञ्चालनमा आउनेछ। केबलकार बन्द गरी टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिने उनले बताए।

उनले सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत गराइएको बताउनुभयो। यसबाट पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *