कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शिव लम्साल भन्छन्- पेशागत सुरक्षामा काम गर्छु

डिसी नेपाल
२० असोज २०८३ २०:११

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारीपछि लम्सालले पेशाहरुको समस्याहरुका बारेमा पार्टीमा छलफल गर्ने र नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाए।

करिब ३० बर्ष पत्रकारिताको अनुभव अब पार्टी राजनीतिमार्फत अघि बढाउने पनि बताए। ‘कांग्रेसले मात्र लोकतन्त्रलाई संस्थागत गर्न सक्छ। मेरो पेशामा लिएको लामो अनुभवलाई अब पार्टीमार्फत सदुपयोग गर्नेछु,’ उनले भने।

विद्यार्थी राजनीतिदेखि पत्रकारिता र नेपाल प्रेस युनियनको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई अब पार्टी संगठन निर्माणमा जोड्ने संकल्पसहित उनले उम्मेदवारी दिएको दोहोर्याए।

सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *