जुम्लामा मार्सीधान पाक्न थाल्यो
धानबाली
जुम्ला, २० असोजः
जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित मार्सीधान फाँटमा पँहेलपुर भएको धानबाली । तस्बिरः विजय रावत÷रासस
जुम्ला। गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ। यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन्।
पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो। यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ।
मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ। कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली विकास र संरक्षणका लागि प्रदेशको कृषि मन्त्रालयबाट रु ८ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए।
यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबाट मार्सीधान ब्लक विकास कार्यक्रमका लागि रु ८ लाख प्राप्त भएको छ। जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेतीहुने गरेको छ। जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताए।
गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्री वितरण गरिएको थियो। सोबाट रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कार्यालयले जनाएको छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment