पार्टीमा सभापतिको जति नै हक भुइँ तहका कार्यकर्ताको हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँ तहमा काम गर्ने आम कार्यकर्ताको पनि हुने बताएका छन्।
काठमाडौंमा जारी १५ औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस एउटा सिङ्गो परिवार भएकाले यहाँ केवल जिम्मेवारी कसले लिने भन्नेमा मात्र प्रतिस्पर्धा रहेको स्पष्ट पारे।
पार्टीभित्र जित्नेले सबै कुरा पाउने र हार्नेले सबै गुमाउने परिपाटी हुन नहुनेमा जोड दिँदै उनले सभापति वा अन्य कुनै पनि पद केवल निश्चित समयका लागि तोकिएको जिम्मेवारी मात्रै भएको बताए।
सभापति पद कुनै मान वा सम्मानको पद नभई कार्यभार मात्र भएको उल्लेख गर्दै उनले पार्टीभित्र शीर्ष नेता र तल्लो तहका कार्यकर्ताको हैसियत र अधिकार बराबरी रहने धारणा राखे।
यसैबिच, महाधिवेशनको बन्दसत्रले सभापति थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गरेको छ। थापाले सोमबार पेस गरेको उक्त राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा विस्तृत छलफल भएपछि बुधबार सर्वसम्मत रूपमा पारित गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment