दशैंको रौनक : गाउँघर फर्किने बढेपछि काठमाडौंका सडक सुनसान बन्दै (तस्बिर)
काठमाडौं।बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। मुख्य पर्व मनाउन राजधानीबाट बाहिरिनेको लर्को लागेपछि काठमाडौँका सडक तथा गल्लीहरूमा चहलपहल घट्दै गएको छ।
सामान्य समयमा अत्यधिक सवारी चाप, धुवाँधुलो र घण्टौंसम्म हुने ट्राफिक जामले अस्तव्यस्त रहने उपत्यकाका मुख्य सडकहरू अहिले तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्। पैदलयात्रु र गाडीहरूको उपस्थिति पातलिँदै जाँदा काठमाडौँले अर्कै शान्त रूप लिन थालेको छ।
यद्यपि, सडकमा गाडीहरूको आवागमन पूर्ण रूपमा ठप्प भइसकेको भने छैन। तर अघिल्ला दिनहरूको तुलनामा भने सवारीसाधनको चाप र मानिसहरूको आवतजावतमा उल्लेख्य कमी आएको छ।
(तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक













No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment