बजाज पल्सर र नेपाल प्रिमियर लिग (एनपिएल) बीच तीन सिजनका लागि सह-प्रायोजन सम्झौता
काठमाडौँ। बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको सहकार्यलाई विस्तार गर्दै आगामी तीन सिजनका लागि सह-प्रायोजन सम्झौता गरेको छ। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै बजाज पल्सर एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह-प्रायोजकका रूपमा जोडिने भएको हो।
यसअघि दोस्रो सिजनमा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको बजाज पल्सरको यो विस्तारित सहकार्यले नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै नयाँ पुस्ताका खेलाडी र खेलप्रेमीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
कम्पनीका अनुसार यो तीन वर्षको सहकार्य परम्परागत प्रायोजनमा मात्र सीमित नभई नेपाली क्रिकेटसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्दै खेलको निरन्तर विकासमा योगदान पुर्याउने लक्ष्यका साथ गरिएको हो।
बजाज पल्सरको शक्ति, उत्कृष्ट प्रदर्शन र साहसको पहिचान नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक भावना र समर्पणसँग मेल खाने भएकाले यो साझेदारी थप अर्थपूर्ण बनेको कम्पनीले जनाएको छ।
एनपिएलका सिजन ३, ४ र ५ अन्तर्गत हुने आगामी गतिविधि, अभियान तथा घोषणाहहरूबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment