गृहमन्त्री गुरुङबाट जीवित देवी कुमारीको दर्शन

डिसी नेपाल
१ कार्तिक २०८३ १५:२३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्। मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुगेका हुन्।

कुमारी घरको प्रतिनिधिमण्डलले उहाँलाई स्वागत गर्नुभएको थियो। उहाँले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष पूजाको प्रसाद पुर्‍याउने परम्परा छ। राष्ट्र प्रमुखले पनि कोजाग्रत पूर्णिमाको दिन कुमारीको दर्शन गर्ने प्रचलन छ।

यसैबीच मन्त्री गुरुङले तलेजु भवानीको दर्शन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *