युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

डिसी नेपाल
१ कार्तिक २०८३ १५:४८
36
Shares

काठमाडौं। भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ। विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिबार यस्तो आदेश दिएको हो।

उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमा आफूविरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन्।

मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन्। अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो।

यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो। उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए। यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो।

उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्‍याउन ढिलाइ हुँदै आएको थियो। उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए। यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ।

केहि दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *